ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

कांग्रेसले खुद्रे वितरणमुखी कार्यक्रम होइन, सम्मानजनक जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा प्याकेज ल्याउने : मनिष जोशी

नेपाली कांग्रेस
काठमाडौं क्षेत्र नं. ५, प्रदेश सभा ‘ख’
समानुपातिक उम्मेदवार
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ५ बाट समानुपातिक उम्मेदवारमा उठ्नुभएका एक कर्मठ व्यक्तित्वका रूपमा परिचित रहेका मनिष जोशीसँग लाईभ अफ नेपालले गरेको विशेष अन्तर्वार्ताको सम्पादित अंश र विस्तृतमा भिडियोसहित ।

लोकतन्त्रलाई खतरा नै हो त वाम गठबन्धन ?
खतरा नै हो, किनभने वाम गठबन्धन आएको खण्डमा अधिनायकवादको शासन ल्याउने कुरा उहाँहरूकै हो । त्यही भएर यो लोकतन्त्रलाई खतरा नै साबित हुन आउँछ ।

तपाईंको प्रतिद्वन्द्वीले चुनावी नतिजा आफ्नो पक्षमा फर्किने दाबी गरेका छन्, अवस्था त्यस्तै हो ?
उहाँहरूको विचार मात्र हो । आजको युगमा समाज धेरै अघि बढिसकेको छ । प्रजातन्त्रवादी धेरै छन् । उहाँहरूको सोचमा वाम गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने होला तर, यो उहाँहरूको आँकलन हो । हाम्रो विचारमा बहुमत हाम्रै हुन्छ ।

सत्ता र शक्ति अत्यावश्यक भइरहेको बेला लोकतान्त्रिक गठबन्धन जुन छ, फितलो देखिन्छ नि ? वाम गठबन्धन हाबी नै भएको हो त ?
जनताले बुझेका छन् । कांग्रेसलाई जनताको साथ छ । यहाँनिर हाबी भएर मात्र लोकतान्त्रिक गठबन्धन भएको होइन । लोकतन्त्रवादी एक हौँ भन्ने उद्देश्य हो हाम्रो । अब जनताले चुन्ने हो हाम्रो देशलाई कुन दिशा तिर लाने भनेर । मलाई विश्वास छ, जनताले सही अर्थमा लोकतन्त्रलाई नै चुन्छ ।

विगत केही दशक अगाडि मात्र कांग्रेसले बहुमत त धेरै पटक ल्याएको हो तर, मुलुकमा राजनीतिक स्थायित्व दिन त सकेन नि ?
कांग्रेसले २०१५ सालदेखि २०४६ सालसम्म बहुमत धेरै पटक ल्याएको हो । बिचमा केही कारणबश बाधा आएको हो । अब एउटै परिवारमा पनि सबैको विचार मिल्दैन अनि त्यही कारणले पूरै परिवार लठालिङ्ग भएको हुन्छ । हाम्रो केशमा पनि त्यस्तै भयो । केही नमिल्ने मनस्थितिका व्यक्तिहरूले गर्दा हामीलाई समस्या भएको थियो । तर पनि कांग्रेसले स्थायी सरकार बाहेक २०४६ सालदेखि यहाँसम्म धेरै कुराहरू प्रगति गरेको छ । पहिला मृत्युदर ५१ वर्ष थियो भने अहिले ७१ वर्ष छ, त्यसैगरी पहिला स्कूल, कलेज हातको औँलामा गन्न सकिन्थ्यो भने अहिले हजारौँ छ । जुन स्वतन्त्रता आएको छ, यो कांग्रेसको कारणले नै आएको हो नि । जनताले बुझेका छन्, त्यही भएर त अहिलेसम्म हामी ठूलो पार्टी बन्न सकेका छौँ ।

यो त कामको कुरा भयो तर, अहिले त विचार र सिद्धान्तको द्वन्द्व भएको पाइयो नि, पछिल्ला केही दिनदेखि भागबण्डाको राजनीति झाङ्गिदै गएको छ । यस्तो अवस्थामा जित सम्भव कत्तिको छ ?
अब असन्तुष्ट हुने छुट्टै कुरा भयो तर, हामी पार्टीगत रूपमा एक नै छौँ । सबैलाई मिलाएर समेतेर लग्दा अलि नमिले पनि हाम्रो गोल त एउटै हो नि । जितको सन्दर्भमा जनताले चुन्ने हो । कस्तो व्यक्ति के समाज जनताले चुन्छन् त्यही अनुसार हुन्छ सबैकुरा, कांग्रेसलाई जनताको समर्थन भएको मैले पाएको छु ।

आगामी चुनाव जित्नु भयो भने के गर्नुहुन्छ ?
हाम्रो मुख्य योजना भनेकै अधिकांश नागरिक मध्यम वर्गीय, निजी उद्यम र व्यावसाय–मैत्री भएको गतिशील लोककल्याणकारी राज्य हो । अर्थतन्त्रको विकास नै मूल आधार हो । संसदीय लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, उत्तरदायी, भ्रष्टाचाररहित जग निर्माणमा मुख्य भूमिका नै मेरो कार्ययोजना हो । यसका साथै कांग्रेसले अबको पाँच वर्षभित्र खुद्रे वितरणमुखी कार्यक्रम होइन, प्रत्येक नेपालीले सम्मानजनक जीवनयापन गर्न सक्ने गरी एउटा एकीकृत सामाजिक सुरक्षा प्याकेज ल्याउने तयारी गरेको छ ।

अन्त्यमा, आफ्ना मतदातालाई के भन्न चाहनुहुन्छ ?
म विनम्रताका साथ अनुरोध गर्दछु, लोकतन्त्र बचाउनका लागि जोड दिएको छ हाम्रो पार्टीले । तसर्थ लोकतन्त्र बचाउन समस्त जनतालाई म अनुरोध गर्दछु । काठमाडौं क्षेत्र नं. ५ का बासिन्दाको साथको अपेक्षा गर्दै मलाई जिताई लोकतन्त्र बचाउन योगदान दिऔँ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......