ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

इमान र निष्ठा बचाएर जनताको सेवामा तत्पर रहने म कहीँ चुक्ने, झुक्ने र बिक्ने छैन : न्हुछेनारायण मानन्धर (भिडियोसहित)

प्रदेश सभा उम्मेदवार
नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं. ६ ‘क’

सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस भन्ने मूल नाराका साथ आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांगे्रसको तर्फबाट न्हुछेनारायण मानन्धर काठमाडौं क्षेत्र नं. ६ ‘क’ को प्रदेश सभा उम्मेदवार भएका छन् । उहाँसँग चुनावी सन्दर्भमा लाईभ अफ नेपालले गरेको विशेष कुराकानी र विस्तृत भिडियोमा ।

कस्तो पाउनुभएको छ चुनावी माहौल ? कस्ता खालका प्रतिक्रियाहरू आइरहेका छन् ?
राम्रै खालका प्रतिक्रियाहरू आइरहेका छन् । न्हुछेनारायण मानन्धर चुनावमा उम्मेदवार बनेका छन् । अब मुलुकले नयाँ निकास पाउँछ, समृद्धिको बाटोमा मुुलुक लम्किन्छ भन्ने कुरामा जनता आशावादी रहेका छन् ।

पहिलो प्रदेश संरचनामा प्रदेशसभा उम्मेदवारी दिँदा कत्तिको उत्साही हुनुहुन्छ ?
पहिलो प्रदेश संरचना बन्दा जति उत्साही थिए । त्यत्ति नै अहिले पनि थप उत्साही छु । मुलुकले नयाँ दिन हेर्न पाउनेमा म आशावादी छु । नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपश्चात हामी यो निर्वाचनमा सहभागी हुन पाएकोमा अत्यन्तै खुसी लागेको छ । प्रदेश सभाको पहिलो निर्वाचन हो यो । संविधानको परिकल्पनाअनुसार धेरै विकासका कार्यहरू बाँकी छन् ।

प्रदेश संरचनामा निकै विवाद उत्पन्न भएको थियो । अब संरचनासँगै अरू पनि कुरामा विवाद होला कि ?
यसमा विवाद भए तापनि हामी छलफल प्रक्रियाबाट नै अगाडि जाने छौँ । सबैसँग मिलेर हातमा हाल मिलाएर एकताबद्ध भएर सर–सल्लाह गरेर नै अघि बढ्ने हो ।

तपाईंको प्रतिद्वन्द्वीको रूपमा ठूलो शक्ति आएको छ, फेरी लोकतन्त्रलाई खतरा भन्दै कांग्रेसी नेताहरू प्रचार गर्दै आएका छन् । के लोकतन्त्रलाई खतरा नै हो त वाम गठबन्धन ?
खतरा नै हो किनभने, उहाँहरू आफैँले पनि भन्दै आएको छ अधिनायकवाद शासन ल्याउने आदि इत्यादी । जनताले रगत पसिना बगाएर ल्याएको लोकतन्त्रमा अधिनायकवाद शासन आएपछि जनता सुरक्षित छ त ? जनताको हितको लागि आएको लोकतन्त्र नै सुनिश्चित नभएपछि त्यो शक्ति के काम ? त्यही भएर खतरा नै हो देशकै लागि । फेरी लोकतान्त्रिक अभ्यासमा कांग्रेस अघि बढ्दा पटक–पटक वामपन्थी र दक्षिणपन्थी प्रहार खेप्नु पर्‍यो । अहिले यो रहश्यमय गठबन्धनले मुलुकलाई एकदलीय अधिनायकवादको व्यवस्थाको दिशा तिर धकेल्ने छ । नेपाली जनताले पुनः अर्को द्वन्द्व बेर्होने जोखिम भएकाले यो खतरा नै हो ।

नेपाली कांग्रेस जितेपछि के–के योजना छ विकास निर्माणको ?
लोकतन्त्रको रक्षाको लागि नै खटिएका छौँ हामी । जनताको समस्या पन्छाउने देखि लिएर सुरक्षाको अनुभूति पनि पाउनुपर्छ हाम्रा जनताले । सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउने । लोक कल्याणकारी राज्य र समतामूलक समाज निर्माण गर्ने । आर्थिक आत्मनिर्भरता र संस्कृति संरक्षण गर्ने र विशेष गरी मेरो क्षेत्रमा रहेका नेवार जातिको समस्या अहिले सडकबाट आफ्नो घरहरू गइरहेका छन् । बाटो बढाउने भनेर विस्थापित भइरहेका छन् । उनीहरूको समस्यालाई म हेर्छु । कोही पनि यहाँबाट विस्थापित हुन नदिन विकल्पहरू रोजेर अघि बढ्छु । बाँकी विकासका योजनाहरू विस्तारै समाजलाई हित हुने गरी मागअनुरूप निरन्तर खतिरहने छु । कांग्रेस सरकार आएपछि संसदीय लोकतन्त्रको जग्गा समावेशी, न्यायपूर्ण, उत्तरदायी, भ्रष्टाचाररहित एवं सुशासनयुक्त व्यवस्था सुदृढ समाज निर्माण हुनेछ ।

अन्त्यमा, जनतासँग के अपिल छ तपाईंको ?
यहीँ मंसिर २१ गते हुन गइरहेको निर्वाचनमा म न्हुछेनारायण मानन्धर तपाईंहरूको बीचमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको छु । यस प्रदेशको विकास निर्माणमा म विगत पाँच दशकदेखि संलग्न हुँदै आउको छु । म जे बोल्छु, त्यो अवश्य पूरा गर्छु र अनावश्यक आश्वासन कसैलाई पनि दिन्न । यहाँहरूको अमूल्य मत मलाई दिएर यस क्षेत्रको विकासको सम्वाहकको रूपमा विजयी गराई दिनुहुन विनम्रताका साथ अनुरोध गर्दछु । जनताको विश्वासबाट प्रदेशसभाको सदस्यमा निर्वाचित भएँ भने म कहीँ चुक्ने, झुक्ने र बिक्ने छैन । इमान र निष्ठा बचाएर यस प्रदेशका जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाउँदछु । जय नेपाल ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......