ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

ट्रिपर व्यवसायीको मनोमानी, प्रशासन रमिते, राजश्व समेत प्रभावित

काठमाडौं, फागुन ३ ।
राजधानीलगायत देशका विभिन्न स्थानमा सञ्चालन गर्दै अाइरहेका ट्रिपर सञ्चालकहरू पछिल्लाे समयमा अाएर एक अापसमा दुश्मन बन्दै गइरहेका छन् । त्यसमध्ये विशेषतः राजधानीका साथै दाङ, बुटवल र र्इटहरीमा ट्रिपर व्यावसाय गर्दै अाइरहेका व्यावसायी बढी मारमा परेका छन् । मारमा परेकाहरू त्यस्ता व्यावसायीहरू परेका छन्, जसले नेपालकाे संविधानमा उल्लेख भएकाे कानूनलार्इ अात्मसाथ पालना गर्दै अाफ्नाे जीविकाे पार्जन गर्दै अाइरहेका छन् ।

नेपालकाे कानून कडा छ तर, त्याे किताबकाे पानामा मात्र सीमित भएपछि वास्तविक ट्रिपर व्यावसायीहरू मारमा परेर काम गर्न बाध्य भएका हुन् । जाे व्यावसायी लपनछपन जान्दैन सिधा बाटाे हिँड्छ त्यस्ता व्यावसायी बढी मार खेपेर काम गर्न बाध्य हुँदै अाएका छन् । जाे चनाखाे र राजनीतिक संरक्षणकाे अाडमा व्यावसाय गर्दै अाइरहेका छन् त्यस्ता व्यावसायीहरूले गर्दा साेझा साझा व्यावसायी यहाँ व्यावसाय गरेर खान र परिवारकाे पेट पाल्न धाै धाै हुँदै गएकाे मारमा परेका एक व्यावसायीले नाम नबताउने शर्तमा उनले अाफ्नाे गुनासाे पाेखेका छन् ।

मारमा परेका ती व्यक्तिले अगाडि भने, ‘हामी बिहानदेखि मरिमेटी काम गर्छाैं तर, पनि बिहान बेलुकाकाे एक छाक टार्न र बालबच्चाकाे समस्या समाधान गर्न धाै धाै भएकाे अवस्था छ, म भने एक सच्चा नेपाली भएर अाफ्नाे देशकाे कानूनलार्इ अाधार मानेर अाफ्नाे व्यावसाय गरेर पेट पाल्दै अाइरहेका छाैँ तर, यहाँ साेझाे भएर केहीँ नहुँदाे रहेछ, लूटतन्त्रले जडा नै गाडी सकेकाे अवस्था छ, जहाँ पनि खुसखाेरीकाे बिगबिगी छ, जसका कारण म जस्ता साेझा साझा व्यावसायी मारमाथी मार खेप्न बाध्य भएका छाैं ।’

ती पीडित व्यावसायीकाे मनकाे दुःखेसाे सायदै कसैले सुनिदेला तर, यहाँ जनता पनि त्यत्तिकै चलाख छन् । अलि बढी मूल्य तिरे बापत बढी सामान पाउने भएपछि व्यावसायीले गैरकानूनी कार्य गराेस् या अन्य कुनै काम गराेस् उपभाेक्तालार्इ त्यसकाे कुनै मतलब हुँदैन । उपभाेक्तालार्इ अाफूले खाेजेकाे र बढी सामान भए पुग्छ । तर, यहाँ अलि बढी सामानकाे कुराभन्दा पनि त्यसैले कस्ताे खालकाे दुर्घटना निम्त्याउन सक्छ भन्ने कुराकाे हेक्का न त व्यावसायीले राखे न त उपभाेक्ताले नै । सडक विभागले यत्ति क्षमतासम्मकाे लाेड गर्न भनी बाटाे पिच वा सडक विस्तार गर्छ तर, व्यावसायीले त्याे कुराकाे कुनै ख्याल राख्दैन । अर्काे कुरा भनेकाे ट्रिपर व्यावसायी जनता भन्दा पनि सरकार भएर अाफ्नाे व्यावसाय सञ्चालन गर्दै अाइरहेका छन् । भन्नुकाे तात्पर्यता सरकार हड्डी हेरेर घाँटी ठूलाे पार्छ, जनता घाँटी हेरी हड्डी निल्छ भने झैँ व्यावसायलार्इ दिन गुणा रात चाैगुणा भने झैँ गरी व्यावसाय सञ्चालन गरिरहेका छन् । तर, कानून विपरीत कार्य गर्ने व्यावसायीहरूले याे कुरामा पनि ध्यान दिनु जरुरी छ कि जनता कहिँल्यै सरकार बन्न सक्दैन एक न एकदिन उ पुरानै अवस्थामा अाउँछ त्याे बेला उसकाे हबिगत के हाेला ? ती व्यावसायीहरूले याे कुराकाे ख्याल गरेका छन् भन्ने कुरामा पनि बढी नै शंका उत्पन्न भएकाे छ । ‘पाप धुरीबाट कराउँछ ।’ अर्काेतर्फ ढाला बढाएर ती व्यावसायीले ठूलाे तीर मारेकाे भन्दै अाफू खुसीले गद् गद् हाेला तर, त्याे सानाे गल्तिले भाेलि क्षमताभन्दा बढी लाेड गरेका कारण दुर्घटनाकाे शिकार बन्न पुग्याे भने अाफूले खनेकाे खाल्डाेमा अाफैँ फसेँ भन्दै टाउकाे पिट्न नपराेस् । त्यसैले अाफू पनि बाँचाैँ अरूलार्इ पनि बाँच्न दिअाैँ भन्ने मनसाय राखेर काम गर्दा सबैकाे भलाे हुनुकाे साथै दुःख सुखमा अाफ्नै साथीहरूकाे माया र सहयाेग पनि पाइरहन्छ भन्ने कुराकाे ज्ञान बेलैमा साेच्दा राम्राे हुने देखिन्छ ।

यस्तै अर्का एक पीडित व्यावसायीले अाफ्नाे गुनासाे यसरी पाेखे, ‘हुनत साथी नै हाे तर, उनले एक दिन हाेइन दुर्इ दिन हाेइन दिनानुदिन अाफ्नाे व्यावसायलार्इ फस्टाउन गैरकानूनी कार्य गरिरहेकाे अनुभव भयाे, साथी नै भएकाले उनलार्इ सम्झाउनसम्म सम्झाए पनि तर, अत्ति नै भएपछि मैले प्रहरीलार्इ खबर गरे, तर, प्रहरी र उनीबीच पहिलादेखि नै मिलेमत्ताे रहेछ, जुन प्रहरी कार्यालयमा खबर गरेकाे थिएँ त्यहीँ कार्यालयका प्रहरीले अाउनुभन्दा अगाडि नै ती साथीलार्इ फाेन गरेर म अाउँदै छु भनेपछि उनले ढालालार्इ पुरानै शैलीमा ल्याए र अाफू सहीँ भएकाे प्रमाण देखायाे त्यसपछि मेराे केहीँ शीप लागेन ।’ ती पीडित व्यावसायीले अाफ्नाे मन थाम्नसम्म थामेर याे कुरा भने ।

याे कुरा वर्तमान अवस्थामा कसैकाे लागि नाैलाे हाेइन तर, किन हामी बुझेर पनि बुझपचाउँछाैँ भन्ने कुरा मात्र हाे । अाज हामी अाँखा चिम्लेर हिँड्छाैँ भाेलि त्यहीँ सानाे गल्तिले पश्चाताप हुने कार्य नहाेस् भन्नाका लागि नै यहाँ कानून बनाइएकाे हाे तर, कानूनलार्इ पालना गर्न किन पछि पर्दै गइरहेका छन् । पैसाकाे लाेभलालचमा के देश नै बेच्न पनि हामी नेपाली पछि पर्दैनाैँ ? हुनत ट्रिपर व्यावसायीहरूकाे सामान्य कुरालार्इ यत्ति ठूलाे र्इश्यु बनाउनु पर्ने थिएन भन्नेकाे यहाँ ठूलै जमात पनि हाेला । कुरा यहाँ ट्रिपर व्यावसायीकाे मात्र हैन कानून विपरीत कार्य गर्ने विरुद्दकाे अावाजलार्इ बुलन्द पार्नका लागि हामीले याे विषयलार्इ उत्थान गरेका हाैँ ।

अन्त्यमा, नेपालकाे राजश्व संकलनमा कराेडाैं रुपैयाँकाे घाेटालासमेत भइरहेकाे छ । यसरी कराेडाैं रुपैयाँ घाेटाला भएपछि त्यसकाे मार प्रत्यक्ष नेपाली जनतालार्इ नै पर्ने हाे । बजार मूल्य बढेकाे कुरा हामीले बारम्बार किन गर्छाैं याे कुरालार्इ पनि ध्यान दिनु अत्यावश्यक रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......