ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

जहाँ महिलालार्इ निषेध गरी दिइने गरिन्छ भगवानलार्इ मृत्युदण्ड !

एजेन्सी, चैत्र ३ ।
मानिसले कानून मिचेर कुनै अपराध गर्छ भने त्यसलार्इ देशअनुसार सजाँयकाे भागीदार ठहराइन्छ र सजाँय ताेकिन्छ । त्यहीँ सजाँय भाेग्ने मानिसले पनि भगवानलार्इ नै सम्झिन्छ । तर, उहीँ भगवानलार्इ सजाँय दिने गरिन्छ भन्दा जाे काेहीँलार्इ पनि अचम्म लाग्न सक्छ ।

अनुसार श्रीकृष्ण भगवानले भन्नुभएकाे छ कि, जाे यस धर्तीमा गरिने हरेक राम्रा र नराम्रा कर्मकाे फल मानिसले भोग्नुपर्छ । तर, आफ्ना कर्मको फल केवल मानिसले मात्र होइन भगवानले पनि भोग्नु गर्नुपर्दो रहेछ यो कलियुगमा ।

भगवानले पनि आफूले गरेका गलत कर्मको लागि सजाँय भोग्नुपर्छ । गलत काम गर्ने भगवानलाई कठघरामा उभ्याइन्छ अनि सुरु हन्छ आरोप प्रत्यारोपको श्रृंखला । भगवानलाई निष्काशनदेखि लिएर मृत्युदण्डसम्मको सजाँय दिइन्छ ।

भगवानलाई नै मृत्युदण्ड दिने यस्तो अनौठो तथा अपत्यारिलो काम हुन्छ हाम्रै छिमेकी मुलुक भारतमा । भारतको छत्तीसगढको बस्तर जिल्लास्थित केशकाल नगरमा भंगाराम देवीको मन्दिर छ । भंगाराम देवी मन्दिर स्थानीय धेरै गाउँको आस्थाको केन्द्रको रूपमा रहेको छ । हरेक वर्ष उक्त मन्दिरमा ठूलो मेलासमेत लाग्ने गर्दछ । मेलामा स्थानीय आसपासका सबै गाउँका मानिसहरूले आ–आफ्ना देवी देवता लिएर उक्त मन्दिरमा पुग्दछन् । अनि त्यहाँ एउटा देव अदालत खडा गरिन्छ ।

उक्त अदालतमा गाउँलेहरूले देवी देवताहरूलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवी–देवताहरूलाई देव अदालतमा पेश गरिन्छ । उक्त देव अदालतको न्यायाधीशको रूपमा भंगाराम देवीको मन्दिरका पुजारी हुन्छन् । दिनभर अदालतमा मुद्दाको सुनुवाई हुन्छ र बेलुकी फैसला सुनाइन्छ । देवी–देवताहरूले गाउँलेउपर गरेका अन्याय तथा अपराध कर्मको लागि सजाँय सुनाइन्छ ।

जसमा छ महिनासम्म निष्काशन गर्नेदेखि लिएर अनिश्चितकालसम्मका लागि निष्काशन गर्नेसम्मको हुन्छ । यति मात्र नभर्इ, देवी–देवतालाई मृत्युदण्डको सजाँय समेत दिइन्छ । मृत्युदण्डको सजाँय दिँदा भगवानको मूर्तिलाई फोडिन्छ । निष्काशनको सजाँय पाउने देवी–देवतालाई मन्दिरको नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।

सजाँय काटिसकेपछि ती देवी–देवताका मूर्तिहरूलाई पुनः धुमधामपूर्वक पूजा गरेर स–सम्मान गाउँलेहरूले आ–आफ्ना मन्दिरमा लगेर स्थापित गर्ने गर्दछन् ।

देवी–देवताहरूमाथी लाग्ने अधिकांश अभियोगहरू मानिसहरूका इच्छा पूरा नगरेको सम्बन्धि नै हुने गरेका छन् । बालीनालीको उत्पादन कम भएमा, घर–पालुवा पशुहरूलाई रोग विमार लागेमा तथा गाउँलेहरू बिरामी परेमा वा अकालमा मरेमा पनि देवी–देवताहरू विरुद्ध देव अदालतमा मुद्दा हाल्ने गरिएको छ ।

अझ याेभन्दा पनि अचम्मकाे कुरा रहेछ भने यो मेलामा महिलाहरूलाई भने जान पूर्ण रूपमा नै निषेध गरिएको छ र जात्राको प्रसाद खान पनि दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......