ताजा खबर

मखनका जोशीले किने चन्द्रमामा ८० रोपनी जमिन, मूल्य कति (प्रमाणसहित)

काठमाडौं, चैत्र ६ ।
मानिसको सपना कहिले पूरा हुँदैन । आफूसँग जत्ति भए पनि नपुग्ने । यो मानिस जीवनको जात नै हो । जिन्दगीभर दुःख गरेर भए पनि पुस्ताका लागि भनेर एउटा सानो जमिन वा एउटा घर बनाई दिने सपना सबैले बुनेकै हुन्छ । यत्तिसम्म ठीकै थियो तर, काठमाडौं मखन निवासी रमेशकुमार जोशीको सपना भने सुन्दै अचम्म लाग्ने सपना छ तर, पूरा गरेर छाडेका छन् ।

जोशीको सपना थियो चन्द्रमामा एउटा जमिन किन्ने तर, जमिन मात्र किनेन, उनी चन्द्रमामा जमिन किन्ने पहिलो नेपालीसमेत भएर देखाउन सफल भएका छन् । सानैदेखि आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको उनको भनाई थियो । अहिले उनी चन्द्रमामा ८० रोपनी बराबरको जमिन किनेर मालिक बन्नसमेत सफल भएका छन् । हाल चन्द्रमामा जमिन किन्ने होडबाजी नै चलिरहेको छ । त्यसका एक सदस्यसमेत भए काठमाडौंका जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक भएका छन् ।

सन् २०१८ जनवरी १४ अर्थात वि.सं. २०७४ साल पुस ३० गतेका दिन चन्द्रमाको नागरिकताका साथै त्यहाँको ‘बे अफ रेन्बो’ मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण पत्रसमेत प्राप्त गरेका जोशीलाई त्यहाँसम्म पुग्न उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा)का नेपालका तर्फबाट सदस्यसमेत रहेका भाञ्जा प्रधानको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यत्तिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरूका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुन् ।

त्यसमध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’मा रहेको ‘बे अफ रेन्बो’मा बेचबिखनका लागि प्रयोग गरिएको शब्दअनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरेपछि सोही अनुरूप आफूले पनि खरिद गरेको जोशीले बताए । जुन नेपाली मापनअनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ ।

‘१ एक्री’ बराबर नेपाली मुद्रा तीन हजार रुपैयाँ मात्रै मूल्य पर्ने रहेछ चन्द्रमाको जमिन । त्यत्ति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्ज्वलकुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत चन्द्रमाको नागरिकका साथै जमिनका मालिकसमेत बनेको प्रमाण पत्र पाएका जोशीले हाललाई आफ्नो सानो बेलादेखिको सोख मात्रै पूरा भएको ठानेका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......