ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

जनता भन्छन्, पार्टी एकता : मुखमा राम राम, बगलीमा छुरा !

– कल्पना महरा
नेपाललार्इ अार्थिक समृद्दि र विकासतर्फ उन्मुख गर्न भनी शीर्ष नेताहरूले बारम्बार सार्वजनिक कार्यक्रममा जत्तिसुकै बाेले पनि त्यसलार्इ व्यावहारमा लागू गर्न भने सकेकाे अवस्था छैन । जसका कारण नेपाली जनताले अाफ्नाे अमूल्य मत दिएर जिताएर पठाएकामा पछुताे लागेकाे महशुस गर्न थालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएकाे दिन पारेर सत्तारुढ दल नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले पार्टी एकता गर्ने समयसीमा ताेकिएकाे थियाे तर,  उनीहरूले पार्टी एकतालार्इ सम्मानजनक, समानतामा अाधारित र न्यायाेचित प्रारूपमा अगाडि बढाउनेलगायत अान्तरिक कुराले बैशाख ९ गतेकाे दिन पनि पार्टी एकता हुन सकेन र एउटा संयुक्त सम्मेलन गरी त्यसलार्इ तारिदिएका छन् ।

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर लेनिनको एक सय ४८ अाैँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औँ स्थापना दिवस (२२ अप्रिल–बैशाख ९) का अवसरमा पार्टी एकता संयोजन समितिले आर्इतबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुबै पार्टीका अध्यक्षले पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै आम जनता, पार्टी कार्यकर्ता र नेताहरूको भावनालाई सम्बोधन गर्दै निकट भविष्यमा पार्टी एकता घोषणा गर्ने दाबी गरे । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, “असम्मानजनक, विभेद् र अन्यायको अवस्थामा एकता हुँदैन, सम्मानजनक आधारमा मात्र एकता हुन्छ” ।

सोही अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको खुलासासमेत गरेका छन् । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै उनले भने, “पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ ।”

एमाले र माअाेवादी केन्द्रबीचकाे पार्टी एकतालार्इ लिएर अहिले जनता स्वयम् भन्ने गरेका छन् । यी दुर्इ पार्टीबीचकाे एकता भनेकाे ‘मुखमा राम राम, बगलीमा छुरा’ भने जस्तै हाे । अर्थात बाहिर पार्टी एकताकाे बिगुल फुक्ने भित्रभित्रै तँ तँ र म म काे दम्भ रहेकै कारण पार्टी एकता हुन नसकेकाे अाँकलन गरेका छन् । अहिलेसम्मकाे अवस्थालार्इ हेर्ने हाे भने यी दुर्इ पार्टीबीच कदम कदाचित एकता भए तापनि लामाे समयसम्म टिक्न सक्ने कुरामा शंका उपशंका गर्ने प्रशस्त मार्ग रहेका छन् ।

जनताले नेताहरूलार्इ विश्वास गर्ने अाधार कम हुँदै गर्दा चुनाव नजिकिएसँगै एकाएक बुनिएकाे वाम गठबन्धनले जनताले पनि अन्तिम पटक हेराैँ भनेर दिएकाे भाेट अहिले बेकारमा दिएकाे जस्ताे महशुस मात्र गरेनन् । अाफूहरूले यी नेताहरूलार्इ विश्वास गरी भाेट दिएर ठूलाे ढाेका पाएकाेसमेत गुनासाे पाेख्न थालेका छन् ।

राजनीति एउटा यस्ताे खेल, जसमा अाफ्नै बाैले छाेरालार्इ समेत विश्वास गर्न सक्दैन । त्यसमाथि कलियुगकाे जमाना । तर, राजनीतिकाे माेहले जनतालार्इ चुनाव ताकामा मज्जासँग माेहनी भने लगाउन सफल भएकाेमा मान्नै पर्छ । हाेइन भने, वर्षाैं वर्षसम्म नेताहरूकाे बाेली र व्यावहारकाे प्रत्यक्ष अनुभव गरेका हामी नेपाली जनताले नेताहरूकाे लहलहैमा लागेर अन्तिममा नराम्राेसँग ढाेका किन पाउनु पर्थ्याे र ? त्यसैले अहिले नेपाली जनता स्वयम् भन्ने गरेका छन् । हामीले अाफ्नाे खुट्टामा अाफैँले बञ्चराे हाने जस्तै भयाे, नेताहरूकाे चालचलन हेर्दा यस्ताे भन्न मन लाग्छ मुखमा राम राम, बगलीमा छुरा !

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......