ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

नेवारहरू अभिनन्दन पत्रमा मातृभाषा र रञ्जना लिपि प्रयाेगमा मख्ख !

– अतुल सिंह
प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुर्इ दिने नेपाल भ्रमणकाे क्रममा जनकपुरकाे जानकी मन्दिरमा विशेष पूजा र मुक्तिनाथकाे विशेष पूजा अर्चना र साधनापश्चात राजधानी प्रवेश गरेपछि काठमाडाैं महानगरपालिकाद्वारा अायाेजित एक विशेष कार्यक्रममा सहभागी भए ।

उक्त कार्यक्रम थियाे, भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ नागरिक अभिनन्दन । जुन प्रम माेदीलार्इ दिनमा एक पटक नागरिक अभिनन्दन गरी सम्मान गरिएकाे थियाे । भ्रमणकाे पहिलाे दिन जनकपुरमा गरिएकाे थियाे भने त्यसकाे भाेलिपल्ट काठमाडाैं महानगरपालिकाकाे अायाेजनामा गरिएकाे थियाे ।

प्रम माेदी नेपालकाे दुर्इ दिने भ्रमण सक्याएर फर्केलगत्तै प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत सबै मन्त्रीहरूले प्रम माेदीकाे भ्रमण सफल र लाभदायक मात्र नभर्इ दुर्इ देशबीचकाे अापसी तिक्ततासमेत समाप्त भर्इ सुमधुर सम्बन्ध कायम भएकाे कुरा बताए । हुनत, मन्त्रीमण्डलमा रहेका सबै मन्त्रीगणले प्रम माेदीकाे भ्रमण सफल भएकाे भन्नु कुनै नाैलाे कुरा थिएन । तर, अाम नेपाली जनताले उक्त भ्रमणकाे कसरी मूल्यांकन गरे त्याे सबैले थाहा भएकै कुरा हाे । प्रम माेदीकाे भ्रमण अगाडि नै नेपाली जनताले त्यसकाे विराेध गर्दै अाइरहेका थिए । कारण थियाे, भूकम्पले पीडित भएर दुःखमा साहारा खाेज्दै गर्दा उल्टाे भारतले अाकस्मिक रूपमा नेपालकाे संविधान जारी गरेकाे निहुँ पारेर एकाएक नाकाबन्दी गरेर नेपाली जनतालार्इ दुःखमा मलम लगाउनुकाे साटाे उल्टै घाउमा नुन, खाेर्सानी छर्केभन्दा चर्काे दुःख दिए । अत्यावश्यक वस्तु अायातमा कमी ल्यायाे, ग्याँस अापूर्तिमा कमी ल्यार्इ दुःख दिनुसम्म दियाे । यी इत्यादी कारणले प्रम माेदीकाे नेपाली जनताले मुखसमेत हेर्न मन थिएन तर, के गर्नु जनताले जिताएर पठाएका नेताहरूकाे सामुन्नेसम्म नेपाली जनताकाे अावाज बन्द काेठाभित्र मात्र सीमित रह्याे । नागरिक अावाजकाे सुनुवार्इ हुन सकेन र, प्रम माेदीकाे भ्रमण नेपालकाे हीतभन्दा बाहिर गएर भए पनि सम्पन्न गरी स्वदेश फिर्ता भए ।

भारतीय प्रम माेदीकाे दाेश्राे तथा अन्तिम दिन काठमाडाैं महानगरपालिकाले काठमाडाैंकाे राष्ट्रिय सभा गृहमा एक विशेष कार्यक्रमकाे अायाेजना गरी दाेश्राे दिन दाेश्राे पटक राम्राेसँग नागरिक अभिनन्दन गरे । नागरिक अभिनन्दनमा प्रदेश नम्बर ३ का प्रमुख डाेरमणी पाैडेल, विभिन्न देशका राजदूत र विशिष्ट व्यक्तिहरूकाे उल्लेख्य सहभागितासमेत रहेकाे थियाे । तर, उक्त अभिनन्दन कार्यक्रममा राष्ट्रकाे चाैँथाै अंगकाे रूपमा रहेकाे सञ्चारकर्मीहरूलार्इ उक्त कार्यक्रम स्थलमा पास हुँदाहुँदै भारतीय मिडिया र नेपालकाे सरकारी टेलिभिजनबाहेक अरूलार्इ प्रवेशमा एकाएक राेक लगाए । र, समाचार संकलनका लागि पुगेका सबै सञ्चारकर्मीहरू बाहिर क्यामरा तेर्स्याएर मुकदर्शक बन्न बाध्य भए ।

नागरिक अभिनन्दनकाे क्रममा प्रम माेदीले सम्बाेधन गर्ने बेलामा नेपालकाे राजधानी काठमाडाैं उपत्यकाकाे राम्राेसँग बयान गरे । प्रम माेदीले उपत्यकामा नेवार जाति बाैद्ध र हिन्दू दुबै मान्ने धर्मावलम्बीहरू भएकाे कुरा अाफूले सुनेकाे बताएका थिए । कार्यक्रमकै बीचमा कामपाले अभिनन्दन कार्यक्रमकाे मुख्य ब्यानजरमा नेपालकाे माैलिक सम्वत् नेपाल सम्वत् राखेका थिए भने मञ्चकाे दायाँपत्ति रहेकाे ब्यानरमा मात्र नेपालभाषामा ‘गणतन्त्र भारतया महामहिम प्रधानमन्त्री नरेन्द्र माेदीयात लसकुश’ लेखिएकाे थियाे । साथै अभिनन्दन कार्यक्रममा सहभागीहरूलार्इ वितरण गरिएकाे पत्रमा पनि नेपाली, नेपालभाषा र अंग्रेजी भाषा उल्लेख गरिएकाे थियाे भने तीन वटै भाषामा नेपाल सम्वत् र काठमाडाैं महानगरपालिका पनि नेपालकाे माैलिक लिपि अर्थात संयुक्त राष्ट्र संघमा दर्ता रहेकाे रञ्जना लिपि प्रयाेग गरिएकाे थियाे ।

यत्ति कुरा उल्लेख गरेकाे भरमा यहाँका नेवारहरू बढी लालायित भएकाे देखियाे । नेपालभाषा र रञ्जना लिपि प्रयाेग गरिएकाेमा अादिवासी नेवारहरू खुसी हुनु स्वाभाविक हाे तर, हामीले याे कुरालार्इ पनि बिर्सनु हुन्न कि यहाँका नेवारहरू भूकम्पकाे पीडाले पिराेल्दै गर्दा भारतले गरेकाे नाकाबन्दीकाे असरले यहाँका नेवार र राजधानीबासीहरूलार्इ कत्ति धेरै पीडा भएकाे थियाे ? जुन अहिले नेपालभाषा र रञ्जना लिपि प्रयाेग गरी प्रम माेदीलार्इ नागरिक अभिनन्दन गरेकाेमा यहाँका नेवारहरू धेरै खुसी हुनलार्इ । म नेपालभाषा र रञ्जना लिपिकाे विराेधी भन्ने पक्कै पनि हाेइन । मलार्इ पनि गर्व छ । यसरी अाफ्नाे मातृभाषा उल्लेख गर्नु तर, यसै कुरामा मात्र नेवारहरू मख्ख परेर बस्नु अहिलेकाे वातावरण अनुकूल छैन भन्न मात्र खाेजेकाे हुँ । भारतले गरेकाे नाकाबन्दीकाे क्रममा राजधानीबासी विशेष रूपमा यहाँका नेवारहरू बढीभन्दा बढी प्रभावित भएका थिए । भारतकाे विराेधमा विभिन्न टीका–टिप्पणी गरेका थिए । तर, अहिले किन यहाँका नेवारहरूले उक्त घटनालार्इ इतिहासमा मात्र सीमित गर्न खाेज्दै छन् । के यहाँका नेवारहरूकाे अावाज अब सशक्त हुन छाेडेकै हाे त ?

अब यहाँका नेवारहरू र राजधानीमा सदियाैँदेखि बासस्थान गरेर बस्दै अाएका सबै नेपालीहरूले वर्तमान सरकारकाे गलत कार्यविरुद्द पनि सशक्त अावाज उठाउने क्षमता राख्नु अावश्यक छ । सडक विस्तारका नाममा यहाँ भएका पुर्खाैंदेखिकाे सम्पदालार्इ हस्तक्षेप र बाटाे फराकिलाे बनाउने नाममा पुस्ताैंदेखि बस्दै अाएकाे घर भत्काएर बाटाे ठूलाे पार्ने कार्यलगायत जनतालार्इ ढाड सेक्ने गरी अत्यावश्यक खाद्यान्न वस्तुमा थाहै नपाउने तरिकाले गरिँदै अाएकाे मूल्यवृद्दिविरुद्द पनि सबैले अावाज उठाउनु अावश्यक छ । त्यसैले राजधानीबासी र यहाँका अादिवासी विशेषतः नेवारहरू प्रम माेदीलार्इ गरिएकाे नागरिक अभिनन्दनकाे क्रममा प्रयाेग गरिएकाे नेपालभाषा र रञ्जना लिपिमा मात्र हाेइन, देश हाँक्न सक्ने क्षमतावान् नेता या नेतृत्व गर्न सक्ने व्यक्तित्व विकास गर्नतिर पनि अघि बढ्न अावश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......