ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सुर्खेत, बैशाख ३१ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिएका छन् ।

सुर्खेत जिल्लाका १५ महिनामुनिका बालबालिकाले सबै खोप लगाइसकेकाले जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

यस जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू अगाडि बढ्ने प्रतिबद्धता जानकारी दिएका छन् ।

“राजनीतिक विकास सकियो, अब स्वास्थ्य क्षेत्रको विकास गर्न सहकार्यका साथ अघि बढ्छौँ”, उनले भने, “यसको लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गर्नेछौँ ।”

बाल स्वास्थ्य महाशाखाका निर्देशक विकास लामिछानेले पूर्ण खोप घोषणापछि यसको दिगोपनाका लागि सबै मिलेर अघि बढ्न जरुरी रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका सदस्यसचिव धिरजंग शाहले १५ महिनामुनिका बालबालिका ११ प्रकारका खोपबाट कोही पनि वञ्चित नरहेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताए ।

विसं २०७० चैत्र २६ गते साविकको लेखगाउँ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरी सुरुवात गरिएको उक्त अभियान २०७४ साल फागुन २६ मा छाप्रेमा आएर सम्पन्न भएको खोप प्रमुख जितलाल ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......