ताजा खबर

वर्षापछि आएको बाढीका कारण श्रीलंकामा आठ हजार स्थानीय प्रभावित

एजेन्सी, बैशाख ३१ ।
श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आईतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ ।

यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको थियो भने ।

ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ ।

श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......