ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

चोटग्रस्त नेइमारलाई समेट्दै ब्राजिलले विश्वकपका खेलाडीको टोली घोषणा

काठमाडौं, जेठ १ ।
रसियामा हुने विश्वकप फुटबलका लागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ । चोटग्रस्त नेइमारलाई समेट्दै ब्राजिलले विश्वकपका खेलाडी अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लब बाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् ।

प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमार सहित २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् । फ्रेन्च लिगका क्रममा घाइते भएका २६ वषिर्य नेइमारको खुट्टाको शल्यकृया गरिएको छ ।

हाल रिकभरीको क्रममा रहेका नेइमार रुस विश्वकप सम्म फिट हुने अपेक्षा गरिएको छ । नेइमार संगै ब्राजिलको अग्रपंक्ति गाब्रियल यसुस, रोबर्टो फिरमिनो र टेइसनले सम्हाल्ने छन् ।

डेनिलो, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, क्यासिमेरो, फर्ना्न्डिन्हो, पाउलिन्हो, फिलिप कुटिन्हो, विलियनले पनि विश्वकप खेल्ने ब्राजिलको टोलीमा स्थान बनाएका छन् । टिटले आफ्नो स्क्वाडमा तीन जना ब्राजिलियन क्लब बाट खेल्ने खेलाडी समावेश गरेका छन् । डानी आल्भेसले भने चोटग्रस्त हुदै विश्वकप गुमाएका छन् ।

टिटे सामु विश्वकपमा गुमेको ब्राजिलको साख फिर्ता ल्याउनु पर्ने जिम्मेवारी रहेको छ । घरेलु मैदानमा अघिल्लो पटक भएको विश्वकपको सेमीफाइनलमा जर्मनी संग ब्राजिल सात एक गोलले पराजित भएको थियो । ब्राजिलको टोलीले २१ मार्चदेखि रियो दि जनेरियोमा संयुक्त अभ्यास गर्नेछ ।

त्यसपछि लन्डनमा केही समय अभ्यास गरेपछि पांच पटकको च्याम्पियन रुस प्रस्थान गर्ने तालिका रहेको छ । समुह बी मा रहेको ब्राजिल संगै स्विजरल्यान्ड, कोस्टारिका र सर्विया छन । ब्राजिलले समुह चरणको पहिलो खेल १७ जुनमा स्विजरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......