ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

‘भाषा र लिपिलाई भावीपुस्तालाई हस्तान्तरण गरी सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छ’ : मुख्यमन्त्री पौडेल

हेटौँडा, जेठ २ ।
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्रालय र भाषा आयोग काठमाडौंको संयुक्त आयोजनामा आज हेटौँडामा आयोजित प्रदेशस्तरीय भाषा संगोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘विभिन्न जातजाति र समुदायको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नका लागि युवा पुस्तालाई जिम्मेवार बनाउन भाषा आयोगले संवैधानिक भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।’

मुख्यमन्त्री पौडेलले हिमाल, पहाड, तराईमा बोलिने विभिन्न भाषाभाषीलाई एक समुदायले अर्को समुदायलाई उपेक्षा भावले तिरष्कार गर्न नहुने उल्लेख गर्दै प्रौढ पुस्ताबाट युवापुस्तालाई मातृभाषा, लिपि, कला सांस्कृतिक पक्षलाई उजागर गर्ने अभियान चलाउन स्थानीय निकायका जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाइनुपर्छ भने ।

उनले ती भाषा र लिपिलाई भावीपुस्तासम्म हस्तान्तरण गरी एउटा संग्रहालयका रूपमा विकास गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर आगामी वर्ष ०७५/७६ देखि गुरुयोजना तर्जुमा गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाले विभिन्न भाषाभाषीको लिपि र सांस्कृतिक धरोहरलाई दिगो रुपमा संरक्षण गर्न सरकारको प्रयास मात्र सम्भव नरहने उल्लेख गर्दैै भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठानले उच्चशिक्षा अध्यापनमा सहयोग गर्नुपर्ने बताए ।

मातृभाषालाई जीवन्त राख्न त्यसमा अध्ययन गर्ने विद्यार्थीलार्ई पाठ्यपुस्तकको व्यवस्था गर्न प्रदेश सरकारले केन्द्र्रीय सरकारसँग सहकार्य गर्ने बताउँदै उनले राजनीतिक दलहरूले पनि त्यस्ता भाषाभाषीको प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आदिवासी, जनजाति, लोपोन्मुख चेपाङ, सीमान्तकृत र दलित समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण गर्न र त्यसलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउन आयोगले विभिन्न तहमा सुझाव संकलन गरी त्यसको दिगो व्यवस्थापनमा जोड दिइने बताए ।

कार्यक्रममा प्रदेशसभा नेकपा एमालेका सचेतक रमेश्वर फुयाल, मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलाल, प्रदेश नं. ३ का मन्त्रिपरिषद्का सचिव रेश्मीराज पाण्डे र भाषा आयोगका सचिव रामशरण सापकोटाले स्वदेशमा रहेका १२३ वटा भाषाभाषीको संरक्षण एंव प्रवद्र्धनका लागि सरकार, नागरिक समाज र प्राज्ञिकहरुबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

गोष्ठीमा प्रदेश नं. ३ का १३ जिल्लाका स्थानीय निकायका प्रमुख, उपप्रमुख, विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी पर्वेक्षक, शिक्षक–शिक्षिका, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि सहित २८५ जनाको सहभागिता रहेको भाषा आयोगका सचिव रामशरण सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......