ताजा खबर

वेष्ट इन्डिजविरुद्ध हुने टी–ट्वान्टी खेलका लागि सन्दीप लामिछाने छनौट

काठमाडौं, जेठ २ ।
नेपाली युवा लेग सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्धको विश्व ११ टिममा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले वेस्ट इन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टी–ट्वान्टी खेलका लागि नेपालका खेलाडी सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको हो ।

बंगलादेशका स्पिनल सकिल अल हसनले व्यक्तिगत कारणले नाम फिर्ता लिएपछि आईसीसीले सन्दिपलाई टोलीमा समावेश गरेको हो ।

इङ्ल्यान्डका कप्तान इओइन मोर्गनको कप्तानीमा रहेको आईससिी–११ मा पाकिस्तानका साहिद अफ्रिदी, बंगलादेशका तामिम इकबाल, भारतका दिनेश कात्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेनघान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पान्ड्या, श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन् ।

आईसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनौट गरी टिम बनाएर टीट्वेन्टी विश्व च्याम्पियनविरुद्ध खेलाउन लागेको हो । वेस्ट इन्डिजबिरुद्धको उक्त खेलमा सन्दिपले खेल्ने पक्का छ । आईसिसी टोलीमा रहेका अफ्रदी, रसिद र सन्दीप स्पीन स्पेसलिस्टका रूपमा रहने छन् । अफ्रिदी पुर्व विश्व नम्बर एक र रसिद वर्तमान नम्बर एक बलर हुन् ।

उक्त खेल क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा हुने छ । खेलबाट उठेको रकम आधीबेरीका कारण क्यारेबियन क्षेत्रमा भत्किएको रंगशाला पुनर्निर्माणमा खर्च गरिने छ । हाल इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेट खेलिरहेका सन्दीपले आईतबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै डेब्यु गरेका थिए दुई वर्षअघि मात्र सिनियर टोलीमा डेब्यु गरेका सन्दीपले एकपछि अर्को अवसर पाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......