ताजा खबर

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान-सनराइज बैंक लिमिटेडलाई ‘A’ ईस्यूवर रेटिङ्ग प्रदान-बुटवलमा आजदेखि टाटा मोटर्स कार मेला सुरु-स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक-‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव-विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग-दुई ठूला स्मार्टफोनबिचको मुद्दामा एप्पल विजयी, सामसुङले ५३९ मिलियन डलर क्षतपूर्ति दिनुपर्ने-पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई-शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा-अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने

काठमाडौं, जेठ २ ।
भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । मंगलबारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।

निजी आवास पुनर्निर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६८३ घरको पुनःनिर्माण भइरहेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर निर्माण भइरहेको छ । दोलखामा अहिलेसम्म २८ हजार ८०७ घरको पुनःर्निर्माण सम्पन्न भएको छ । दोलखामा ४८ हजार २७१ घर पुनःनिर्माण भइरहेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घरको पुनर्निर्माण भइरहेको छ । सिन्धुपाल्चोकमा २० हजार ९७१ घर निर्माण सम्पन्न भइसकेको छ । कुल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने प्राधिकरणको कार्यविधि छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

प्रदेश नं. १ का प्रमुखद्वारा सभाको अधिवेशन आह्वान

विराटनगर, जेठ ११ । प्रदेश नं. १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले......

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले......

पार्टी एकीकरणप्रति असन्तुष्ट सभामुख महरालाई हटाएर सो पद राजपालाई

काठमाडौं, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी बने लगत्तै प्रधानमन्त्री एवं......

प्रतिपक्षी दललाई नीति तथा कार्यक्रममा समर्थन गर्न आग्रहःसांसद नेम्वाङ

काठमाडौं, जेठ ११ । नेकपाले समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा......

‘सङ्घीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी होइन’ : सांसद श्रेष्ठ

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको बैठकमा सङ्घीय समाजवादी फोरम, नेपालका......