ताजा खबर

पार्टी एकतामा विप्लवकाे नेपाल कम्युनिष्ट पार्टी नै किन राेजे ?

काठमाडाैं, जेठ २ ।
निक्कै लामाे संघर्ष र वादविवादलार्इ छिचाेल्दै बल्ल तल्ल सत्तारुढ दल नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रबीच पार्टी एकता हुने भएकाे छ । यी दुर्इ पार्टीले भाेलि बिहान १० बजे एकता संयाेजन समितिकाे बैठकसमेत बाेलाएकाे छ ।

श्राेतले जनाएअनुसार नेताहरूबीच चुनाव चिन्ह सूर्य र पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएको छ ।

अर्धभूमिगत रूपमा संघर्ष गर्दै अाएकाे नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिष्ट पार्टी नै पार्टी एकतापछि साेही नाम राख्ने भएकाे छ । विप्लवले नेतृत्व गरेकाे पार्टीको नाम निर्वाचन आयोगमा दर्ता नभए तापनि समाजमा भने सक्रिय संगठनकाे रूपमा रहेकाे छ भने अर्का एक कम्युनिष्ट नेताले पनि नेपाल कम्युनिस्ट पार्टी नै चलाई रहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले भाेलि नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारीसमेत गरेका छन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अाज प्रधानमन्त्री निवसा बालुवाटारमा करिब २ घण्टा लामो वार्ता भएको थियो। सोही वार्तापछि करिब ९ महिना लामो एकता प्रक्रिया टुंग्याउँदै एकीकृत पार्टी दर्ता गर्ने तयारी भएको दुबै दलका नेताहरूले बताएका छन्।

एमालेका एक नेताले भने, ‘अध्यक्षले सबै कुरा मिलार्इ सकेको छ, अब एकता हुने भयो भन्नुभएको छ,’ ती नेताले भने, ‘भोलि ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा हुने र भोलि नै आयोगमा एकीकृत पार्टी दर्ता गर्ने तयारी छ।’

ढिलै भए पनि यी दुर्इ पार्टीबीच एकता हुने कुराले सबै खुसी नै छन् तर, विप्लवले नेतृत्व गर्दै अाएकाे ‘नेपाल कम्युनिष्ट पार्टी’ नै राेज्नुकाे पछाडि केहीँ न केहीँ रहश्य पाे छन् कि भन्ने अाभाष पनि हुन थालेका छन् । याेभन्दा अगाडि पनि तत्कालिन एमाअाेवादी टुक्रा हुँदै करिब अाठ वटा माअाेवादी पार्टी गठन भइसकेका छन् तर, सबै पार्टीकाे नाममा केहीँ न केहीँ अन्तर भने छ तर, एमाले र माअाेवादी केन्द्रले अन्त्यमा अाएर नेपाल कम्युनिष्ट पार्टी नै राेजेर विप्लवलार्इ पनि समाहित गर्ने कसरत त हाेइन ?

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......