ताजा खबर

दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

लहान, जेठ २ ।
नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद भएको छ ।

नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहाको आधिकारिक प्रतिनिधि दाबी गर्दै दुईजनालाई सिरहाको जिल्ला अध्यक्षमा मनोनित गरेपछि विवाद सतहमा आएको हो ।

नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरी र माधव ढकालले मो मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढेको नेविसंघका स्थानीय नेताहरुले बताए ।

चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् ।

नेविसंघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेविसंघको सिरहामा अधिवेशन हुन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......