ताजा खबर

ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी, जेठ ३ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएका छन् ।

गएराति २५ प. ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८ निवासी मोटरसाइकल चालक २३ वर्षीय अजय विश्वकर्मा र सोही मोटरसाइकको पछाडि बसेर लागुऔषध बोकी बसेका धरान–१५ का २४ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुवैले आफूहरूले भारतबाट धरानमा बिक्रीका लागि यी लागुऔषध ल्याएको बयान दिएपछि उनीहरूलाई अवैध लागुऔषध ओसारपसार अन्तर्गत कारवाहीका लागि प्रहरी हिरासतमा लिएर कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......