ताजा खबर

ऊर्जामन्त्री पुन र सिचुवान प्रान्तका उपगभर्नरबीच भेटवार्ता

काठमाडौं, जेठ ३ ।
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रहसमेत गरे ।
मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै ‘एक पेटी एक मार्ग’ मा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री पुनले आगामी दिनमा जलविद्युत् र सौर्य ऊर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको पनि बताए ।

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त ऊर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न इच्छुक रहेको बताए । उनले ऊर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखे ।

उनले सिचुवानमा व्यापार र अध्ययनका लागि थुप्रै नेपाली रहेको भन्दै सिचुवानमा वाणिज्य दूतावास खोलिदिनसमेत आग्रह गरेका छन् ।

जवाफमा मन्त्री पुनले सिचुवानसँग व्यापार र शिक्षाका साथै हवाई सम्पर्क जोड्ने प्रयास भईरहेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपालका लागि चीनका राजदूत यू होङको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......