ताजा खबर

‘सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुन्छ’ : पूर्व राष्ट्रपति यादव

काठमाडौं, जेठ ३ ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकका सबै जातजाति र समुदायलाई जोडेर अगाडि बढेमात्र देश विकास हुने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस एवं साधारणसभाका अवसरमा आज आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा सम्मान’ कार्यक्रममा उनले लामो समयपछि मुलुकमा परिवर्तन आएको भन्दै यसलाई बचाउनका लागि सबै राजनीतिक दल लाग्नुपर्ने बताए । ‘सबैलाई समेटेर मुलुकको विकास होस् भन्ने मेरो चाहना हो’, उनले भने ।

नेपाली कांग्रेसको राजनीतिबाट मुलुकको पहिलो राष्ट्रपति बनेका डा. यादवले कांग्रेसभित्र गुटगत राजनीति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । ‘कांग्रेसले कांग्रेस सिध्याउन लागिरहेका छन्, टिकट पैसामा वितरण भइरहेको छ’, उनले भने ।

गाउँ, नगर र जिल्लामा संगठन विस्तार गर्न नलागेसम्म कांग्रेस बलियो नहुने उनको भनाई थियो । राष्ट्र जोड्ने र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन कांग्रेसले मात्र सक्ने भन्दै उनले कांग्रेस सुधार्ने जिम्मा बौद्धिक वर्गलाई दिनुपर्ने बताएका छन् । कांग्रेसका बारेमा आफूले धेरै भन्ने कुराहरू भए पनि आफ्नो पदीय मर्यादालाई ख्याल गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......