ताजा खबर

दुई ठूला कम्युनिष्ट पार्टीको संयुक्त बैठक बालुवाटारमा जारी, पार्टी एकता घोषणास्थल हासफुल

काठमाडौं, जेठ ३ ।
राष्ट्रिय सभागृहबाट अपराह्न ५ बजे दुई ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकीकरण घोषणा हुँदैछ । अहिले दुई पार्टीको संयुक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ भने पार्टी एकता घोषणास्थल सभागृह अहिले ‘हाउसफुल’ भईसकेको छ ।
सभागृह ‘हाउसफुल’ भइसकेकाले अहिले प्रवेशद्वारका दुईवटै ढोका बन्द गरिएको छ ।

सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमका दर्शकलाई प्रहरीले शरीर चेकजाँच गरेर मात्र हलभित्र छिराएको थियो । एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठकले एकताका लागि पार्टी बिघटनको निर्णय गरेका हुन् ।

पार्टी एकता भएपछि मूल कार्यालय हाल माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडालाई बनाइने प्रारम्भिक सहमति भएको छ । यस्तै सहायक कार्यालय हाल एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीलाई बनाइने छ । स्रोतका अनुसार, पेरिसडाँडामा केपी ओलीको लागि नयाँ कुर्सी र धुम्बाराहीमा प्रचण्डको लागि नयाँ कुर्सीको व्यवस्था गरिनेछ दुई पार्टीबीच प्रचण्ड र ओली नै महाधिवेशनसम्म अध्यक्ष बन्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......