ताजा खबर

‘आइएमओ’ कलमार्फत ठग्ने एक युवक पक्राउ

बागलुङ, जेठ ३ ।
‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीले चिट्ठा परेको रु. २५ लाख पाउन नेपालीलाई रु. एक लाख गुल्मीमा रहेको प्रभु बैंकको खातामा जम्मा गर्न भनेका थिए जसमध्ये नेपालीले पहिलो किस्ताबापतको रु. ३५ हजार बैंकमा जम्मा गरिसकेका थिए । खत्रीले दोस्रो किस्ता रकम माग गरेपछि आफू ठगिएको हुनसक्ने आशंकामा नेपालीले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

नेपालीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीमार्फत खत्रीलाई नियन्त्रणमा लिइएको बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । ठगी घटनाका आरोपित खत्रीलाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान अघि बढाइएको छ ।

‘यस्तै प्रकृतिको अन्य ठगी घटनामा खत्रीको संलग्नताबारे अनुसन्धान गरिरहेका छौँ,’ प्रनाउ थापाले भने । प्रहरीका अनुसार खत्रीले प्रभु बैंक शाखा कार्यालय गुल्मीमा रहेको खाता नं १२९१०७०१०१४६३४०००००१ मा रकम जम्मा गरी चिट्ठाको रकम प्राप्त गर्न सकिने जानकारी नेपालीलाई गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......