ताजा खबर

हाइड्राेजन र अक्सिजन एक भएर पानी बनेकाे छ, याे अब छुटिन्न : अध्यक्ष प्रचण्ड

काठमाडाैं, जेठ ३ ।
अाजबाट नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वटा कम्युनिष्ट पार्टीको एकता गुणात्मक रूपले फड्को मारेकाे बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अाज नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकले अराजकताको भूमरी थेग्दैन भनेर दुई वटा कम्युनिष्ट पार्टीबीच एकता गरिएको बताए । ‘हाइड्रोजन र अक्सिजन एक भएर पानी बनेकाे छ, याे अब छुटिन्न, अब अर्कै कम्पोनेन्ट बनेका छौं, प्रचण्डले भने, ‘विभाजनको पीडा बोकेर आएको कम्युनिष्ट आन्दोलनले आज ठूलाे छलाङसमेत मारेको छ ।’ ‘मुलुकले योभन्दा बढी अस्थिरता, राजनीतिक अराजकताको भूमरी थेग्न सक्दैन भनेर एकता गर्ने निष्कर्षमा पुग्यौँ,’ प्रचण्डले भने, ‘अब नयाँ युगमा प्रवेश गर्‍यौँ, समृद्धिको र सुशासनको ।’

उनले अगाडि थपे, ‘विश्वमा ठूला क्रान्ति गरेका नेता पनि सत्तामा यति भ्रष्ट भए कि जनताले समातेर पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भए,’ अध्यक्ष प्रचण्ड भने, ‘हामी संकल्प गरौँ, निरन्तर जनताको पक्षमा समर्पित हुने, जनतासँग नङ र मासुको सम्बन्ध भएको जस्तो ।’

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

ओली लगाएत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू बीच छलफल

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सत्ता पक्षका नेता र......

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......