ताजा खबर

एमाले र माके अबदेखि इतिहासमा सीमित हुनेमा जनता निर्धक्क हाेला ?

काठमाडाैं, जेठ ३ ।
नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) बिहीबारबाट पूर्ण रूपमा समाप्त भएकाे छ । राजधानीमा बिहीबार एक विशेष कार्यक्रमकाे अायाेजना गरी यी दुर्इ पार्टी एक भर्इ नेकपा (नेपाल कम्युनिष्ट पार्टी) नाम दिर्इ विधिवत् रूपमा एकीकरणकाे घाेषणा भएकाे छ ।

बिहीबार अायाेजित पार्टी एकीकरण घाेषणाकाे विशेष कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब माओवादी केन्द्र र एमाले अन्त्य भएको बताए । प्रम ओलीले भने ,”एमाले र माओवादी दुबै आजैबाट सिद्धिएको छ ।”

स्थानीय, प्रदेशलगायतका सबै सरकार उनीहरूको हातमा भएको भन्दै अब कसैले ढलाउन नसक्ने जनाएको छ । कम्युनिष्ट पार्टीका लागि दुई तिहार्इ सामान्य जोड/घटाउ मात्रै हो भन्दै आउँदो चुनावमा दुई तिहार्इको कुरा होइन कम्तीमा तीन चौथाई रहने उनले बताए । नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताउँदै जेट प्लेन चलाउन दुई जना पाइलट अनिवार्य चाहिने पनि प्रम अाेलीले बताए । पार्टी एकता देशको विकास गर्न र भ्रष्टाचार अन्त्य गरि भ्रष्टाचार हुन नदिने जनाए ।

प्रम ओलीले भने, ‘पुष्पलालजीले त्यतिबेला कम्युनिष्ट पार्टीको स्थापना नगरेको भए आज एकीकरणको चर्चा गर्ने सायद ठाउँ पनि हुँदैन थियो’, पुष्पलाल अहिले भइराखेको भए उहाँ खुसीले नाच्नु हुन्थ्यो । प्रम अाेलीकाे याे हाँसाे ठट्टा वास्तवमै साँचाे हुनु अत्यावश्यक छ ।

तर, विगतकाे घटना हेर्ने हाे भने, नेकपा एमाले, एमाअाेवादी र नेपाली कांग्रेसलगायत पार्टीका अन्य कार्यकर्ताहरूले असन्तुष्टि जनाएपछि पार्टी फुट्ने र पछि गएर फेरी एक हुने प्रचलन रहँदै अाएकाे छ । तर, यसपटक यी दुर्इ पार्टीबीच फुट नअाअाेस् शुभकामना नेपाली जनताले दिइरहेका छन् । वास्तवमै अब याे नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) इतिहासकाे पानामा नै सीमित हाेस् भन्ने जनताकाे कामनालार्इ नवगठित नेपाल कम्युनिष्ट पार्टीले गर्ने हरेक कार्यशैलीले स्पष्ट पार्नेछ। जनताले अब पुनः फुट्याे र फुट्ने संकेतकाे सुँइकाेसमेत नपाउन् यहीँ शुभकामना छ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरू केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डजीलार्इ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सरकारको संघीय संसद्मा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ १० । सरकारको संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा......

प्रदेश २ राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने :नेकपा

काठमाडौं, जेठ १० । नेकपाले प्रदेश नं २ मा मुख्यमन्त्री लालबाबु राउत......

राप्रपा केन्द्रीय परिषद्को बैठक सम्पन्न

वीरगञ्ज, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने......

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ ९ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि......

प्रधानमन्त्री ओलीलगायत विभिन्न मन्त्रीहरूको सम्पती विवरण सार्वजनिक, मन्त्रीहरूको कति छ सम्पती ?

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरूले सम्पती विवरण......