ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

अब भोजभतेरको खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

काठमाडौं, जेठ ११ ।
अब विवाह र अन्य भोजभतेर गर्दा त्यसको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ ।

गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख गरिएको छ । तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ ।

दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ । विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ ।

ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने व्यवस्था गरिएको छ भने बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय तोकिएको छ । मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालय पठाइएको छ ।

सामाजिक व्यवहारमा भड्किलो प्रर्दशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ । विषेश गरी तराईका जिल्लामा दाईजोकै कारण हुने अपराध नियन्त्रण गर्न सहयोग हुनेछ ।

कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृह मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......