ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

‘स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिए संघीयता संकटमा’ : अध्यक्ष यादव

राजविराज, जेठ ११ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् ।

सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।

स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाएका छन् ।

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।

उनले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

साथै प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उनको धरणा थियो ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......