ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

‘सरकारलाई काम गर्ने राम्रो अवसर’ : रक्षामन्त्री पोखरेल

विराटनगर, जेठ ३१ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रूपमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउने विचार व्यक्त गरे । दुई तिहाइ बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने भन्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सरकारले बोलेका एजेण्डाहरू पूरा गराउन चुनौती पनि रहेको धारणा राखे ।

संविधान संशोधनीय दस्तावेज भएकाले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थिरता कायम गर्न पनि मुलुकमा बहुमतको सरकारको आवश्यकता थियो भने ।

उनले निकट भविष्यमा तराई तथा पहाडमा आउने बाढी र पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्णरूपमा तयारी अवस्थामा रहेको बताउँदै विपद् व्यवस्थापन गर्न सरकारसँग उपलब्ध सबै स्रोत परिचालन गर्ने बताए ।

अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली सेना सैनिक ऐन, २०६३ र नियमावलीको आधारमा चलिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......