ताजा खबर

अन्तिम १६ मा पर्न अर्जेन्टिनाले अब के गर्नुपर्छ ? (मेस्सीका समर्थकहरू)-मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण-प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)-असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै-साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि शाह पक्राउ-नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु-ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु-गएराति मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु-भ्रष्टाचार मुद्दामा फरार चालिसे पक्राउ-विमल पोद्दारद्वारा दैनिक पाँच करोडको हुन्डी कारोवार

सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने

काठमाडौं, जेष्ठ ३० ।
सनराइज बैंक लिमिटेडले अाज ओखलढुङ्गाकोे मोलुङ्ग गाउँपालिका वडा नं. ३ मा आफ्नो ८७ औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गर्नुभयो । बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा बिस्तार गरेको हो ।

साथै बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम जुन न्यून हुन्छ सो खर्च सोधभर्ना गर्न सकिने छ । यसका साथै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ८ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष......

प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले समसामयिक विषयमा बोल्दै (प्रत्यक्ष प्रसारण)

काठमाडौं, असार ८ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश......

असार ५मा सुरु भएको कांग्रेस सभापतिहरूको भेला आज सम्पन्न हुँदै

काठमाडौं, असार ८ । हेटौंडामा जारी नेपाली कांग्रसेका जिल्ला सभापतिहरूको......

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक : सहायकमन्त्री यु

 काठमाडौं, असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको छ दिने चीन......

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ । नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा......