ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्याउने : १० बुँदे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं, असार ८ ।
नेपाल र चीनबीच केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा सहमति भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्हमा भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख गरेको छ ।

रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरेको थियो ।

उनीहरूले नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर गरेका छन् ।

चीनले विभिन्न ठाउँमा यात्रुलाई मात्र लक्षित गरी रेलमार्ग बनाउने गरेको छ । कार्गो नबोक्ने त्यस्ता रेलमार्ग तीव्र गतिका रेल कुद्छन् । रेलवे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने, ‘कार्गो चल्ने रेलमार्गमा यात्रुबाहक रेल पनि कुद्छन्, यसको गति भने अलि कम हुन्छ,।’ यसअघि चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएका छन् ।

जेठको दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए । एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन् ।

चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो । पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी अगस्टमा आउनेछ ।

आज भएका थप सहमतिमा विभिन्न ठाउँमा सुख्खा बन्दरगाह बनाउने, विद्युत लाइन विस्तार गर्नेलगायतका विषय रहेका छन् । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले सो सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएका छन् । त्यस्तै सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने बारे पनि सम्झौता भएको छ ।

ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूबीच हस्ताक्षर भएको छ । नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ ।

ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको जनाएको छ । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुन र चीनको उक्त निकायका प्रशासक नुर बाइकेलीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र चीन सरकारबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलग अलग सम्झौता पनि भएको छ ।

सम्झौतामा अर्थ मन्त्रालयका सचिव खनाल र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष झाओ लिझाउबीच हस्ताक्षर भएको जनाएको छ ।

त्यस्तै नुवाकोट दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदानसम्बन्धमा पत्र आदानप्रदान भएको जानकारी दिएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......