ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौं, असार २८ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । अछाम लगायतका जिल्लामा चिकित्सकको अभाव रहेका कारण स्थानीयवासीले समस्या भोग्नु परेको भन्दै तत्काल चिकित्सकको व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

यस्तै, बाढी पहिरोका कारण देभभर नै दर्जनौँ बस्ती डुबानमा परेको, नागरिक घरबास नै छाडेर हिँड्नु परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड चार वर्ष लगाएर निर्माण सम्पन्न भए पनि सहज आवत जावत गर्न समस्या पैदा भएको, नारायणगढको पुल ४० वर्ष पूरानो भएकाले जुनसुकै बेला पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुन सक्ने अवस्था आएकाले तत्काल विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराए । अविरल वर्षाका कारण सिन्धुलीको दर्जनाँै बस्ती डुबानमा परेको, प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्दै विपद् ऐन कार्यान्वयनका लागि आग्रह गरे ।

उनीहरूले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै बुधबार राति परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको अवस्था असहज भएकाले तत्काल विपद् नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

हुम्ला पर्यटकीय क्षेत्र भएकाले स्वास्थ्य सेवा उपलब्ध गराई स्थानीयवासी र पर्यटकलाई उपयुक्त सेवा उपलब्ध गराउन आग्रह गरेका थिए । यसरी ध्यानकर्षण गराउने सांसदहरूमा कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना, गंगा चौधरी सत्गौवा, गंगाबहादुर तामाङ, छक्कबहादुर लामा, अमरेशकुमार सिंह, जिपछिरिङ लामा, आशाकुमारी विक, उमेश श्रेष्ठ, कल्याणकुमारी खड्का, कलिला खातुनलगायत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......