ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ – अध्यक्ष लोहनी

काठमाडौं, असार २९ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा करिब दुई महिनाको भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा. लोहनीले स्थानीय विकास, भौतिक पूर्वाधार, यातायात, कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले ठूलो संख्यामा रोजगारीको सिर्जना गर्ने र सामाजिक रुपान्तरणमा बहुआयामिक प्रभाव पार्ने बताए ।

उनले लामो समयदेखि विदेशमा बसेर ज्ञान, सिप र धन आर्जन गरेका नेपालीलाई स्वदेशमा राजनीतिक स्थिरता र शान्ति रहेकाले लगानीका लागि आग्रह गर्नुभएका छन् । अध्यक्ष लोहनीले आफ्नो संगठनको नीति, सिद्धान्तप्रति निकट दलसँग एकता हुन सक्ने बताउँदै वैचारिक निष्ठाप्रति अझै सशक्तरूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यही असार २ र ३ गते सानफ्रान्सिस्कोमा भएको गैरआवासीय नेपालीहरूको सातौँ सम्मेलनलाई मुख्य वक्ताकारुपमा सहभागी हुनु भएका अध्यक्ष लोहनीले क्यालिफोर्नियाका विभिन्न शहरमा रहेका नेपालीहरूसँग आर्थिक अन्तक्र्रिया समेत गर्नुभएको सो पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको विभिन्न भागमा केही दिनदेखि परिरहेको अविरल वर्षातका कारण बाढी पहिरो र डुवानबाट पीडितलाई न्यायोचित राहतको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा बाढी पहिरो र डुवानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै समस्याको अल्पकालीन रोकथाम र दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरिएको छ । दैनिक उपभोग्य वस्तुको सरल आपूर्तिको उचित व्यवस्थापन गरी बजारमा ती वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......