ताजा खबर

यूरोप भम्रणको पहिलो अभ्यास खेलमा नेपालको सानदार जितका लागि पारस र ललितको मूख्य भुमिका (स्कोरकार्ड)-रुपन्देहीको सैनामैना नपामा कभर्ड हल निर्माण गर्न रु. ५०लाख लाग्ने-जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु-सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)-तपाईंको आजको राशिफल-प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला-डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द-तराईमा दिनप्रति दिन गर्मी बढ्दै-एक किलोग्राम नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ-सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

थप्पड हान्ने । तर, कसले कसलार्इ हान्ने ? कसैकाे अाँट !

– निरुता केसी कार्की
यहाँ जसले जे गर्दा पनि सह्य छ कि छैन ? छ भने किन र छैन भने किन ? यसकाे उत्तर सहज रूपमा दिन हत्तपत्ति सबैलार्इ गार्‍हो नै हुन्छ । अाफ्नै परिवारकै कुरा गराैँ, अामा बुबाकाे अगाडि अाफ्ना छाेराछाेरीले अञ्जानवश केहीँ गल्ती गरी हाले भने पनि हात उठ्छ र एक थप्पड पड्काइन्छ । अनि फेरी माया गरेर फकाएर सम्झार्इ बुझार्इ गरेर सचेत गराइन्छ ।

तर, टाेल, समाज र मुलुकप्रति कसैले असह्य हुने गरी जानाजानी कसैले ठूलै गल्ती गर्छ भने त्यसलार्इ के गर्नु हुन्छ ? टाेलमा भए छिमेकी अगाडि सर्छ त्यसलार्इ समाधान गर्नतर्फ लाग्छ अति नै भए एकले अर्कालार्इ एक दुर्इ मुक्का हान्छ वा एक दुर्इ थप्पड पड्काइन्छ पनि । र, त्याे एकछिनमा सामान्य बन्छ र पुनः मिलन हुन्छ । ततपश्चात पछिसम्मै उनीहरू एक ढिक्का भएर बसिन्छ । त्यसपछि त्याे टाेल वा समाजमा बाहिरकाे काेहीँ मान्छे अाएर कुनै गल्ती वा अपराध गर्न अाएकाे खण्डमा टाेल र समाज एकजुट भएर उसलार्इ कडा कारबाही गरी कानूनी कठघरामा उभ्याइन्छ ।

याे त घर–परिवार, टाेल र समाजकाे कुरा मात्र भयाे । अब मुलुककै कुरा गराैँ न । जुन हामी सबैले उत्तिकै जिम्मेवारका साथ अा–अाफ्नाे स्थानबाट सक्दाे याेगदान दिएर बचाएर राखेका छाैँ र यसलार्इ पछिसम्म पनि यसरी नै जाेगाएर राख्न अाफ्ना सन्ततिलार्इ पनि सम्झाउने गरेका छाैँ । तर, अाफ्नाे क्षमताले भ्याएसम्म यहाँका स्थानीयहरूले विश्व सम्पदामा परेका र नपरेका सबै चीजलार्इ संरक्षण गर्दै अाइरहेका छन् । अत्यावश्यक खाद्य वस्तुमा जनताकाे ढाड सेक्ने गरी भएकाे मूल्यवृद्दि, फाेहरमैला व्यवस्थापन, ढुङ्गेधारा, मठ–मन्दिरकाे संरक्षण र नदीनाला अादिलार्इ अा–अाफ्नाे क्षमताले भ्याएसम्म सक्दाे संरक्षण गरेर जाेगाउँदै पनि अाइरहेका छन् । तर, अब यहाँ कुरा उठ्छ सिङ्गाे मुलुककाे जुन क्षमताले मात्र भएन । बल र बुद्दिले पनि सम्भव देखिएन । त्यसकाे लागि अाम नेपाली एकजुट भएर लागेकाे खण्डमा मात्र मुलुकलार्इ जाेगाउन सकिने छ ।

मुलुककाे पहिचान जाेगाउन, नदीनाला जाेगाउन, सीमा नाका मिच्नबाट जाेगाउन, विश्व सम्पदामा रहेका एेतिहासिक पुरातत्वलार्इ जाेगार्इ राख्न, विदेशी सामु झुक्किएर मुलुक सुम्पिन पनि पछि नपर्ने नेता र मुअाब्जा दिएर विकासकाे नाममा जबरजस्ती जग्गा अतिक्रमण गरेर लिने इत्यादीलार्इ राेक्न हरसम्भव अा–अाफ्नाे स्थानबाट एकजुट भएर अगाडि बढ्न अत्यावश्यक भइसकेकाे छ । काेही अा–अाफ्नाे स्थानबाट जागरुक भएर त्यसलार्इ जाेगाउन लागि परेका मानिसहरू पनि छन् । तर, देशका नेता, विभिन्न पार्टीका कार्यकर्ता र मन्त्रीहरूले जानाजान र अञ्जानवश विदेशीलार्इ नदीनाला बेच्ने, भाडामा दिने, अाफ्नाे भूमि अरूलार्इ भित्रभित्रै सुम्पिने र ठाउँ कब्जा गर्ने यस्ता कार्यकाे हामीले एकजुट भएर घाेर भत्र्सना र विराेध गरी त्यसलार्इ जाेगाउन अब हामी पछि सर्नु उचित हुने छैन । नेता र मन्त्रीकाे अाँडमा साेझा साझालार्इ धम्क्याएर दादागिरी गर्ने, गुण्डा नार्इके बनेर साना र ठूला व्यापारीहरूसँग हप्ता असुली गर्नेदेखि लिएर भारतीय सेना एसएसबीले हाम्रै सीमानामा अाएर बलजफ्ती रूपमा दादागिरी देखाएर सीमाना मिच्ने यस्तालार्इ अब थप्पड हान्ने कसले ? गल्ती सानाे भनेर चुप लागेर बस्ने अवस्था अब छैन । नेता र मन्त्रीकाे अाश्वासन र सपना बाँड्दैमा हामी अब चुप लागेर बस्ने अवस्था छैन । यहाँका नेताहरू अहिलेकाे अवस्थामा “जनतालार्इ सखर देखाएर झिँगा समात्ने” काममा तल्लीन छन् । जनताले त्यसकाे भेउ पाइसकेका छन् । मुलुक यहाँसम्म अाइसक्दा नेपाली जनताले नेताहरूबाट धेरै ठूलाे पाठ सिकिसकेका छन् । धेरै ठूलाे ज्ञान पाइसकेका छन् । र, जनता माैन बसेर धेरै ठूलाे अक्षम्य भूल पनि गरेका छन् ।

अझै पनि, मुलुक यस्ताे जर्जर अवस्थामा पुग्नै लाग्दासमेत हामी अाम नेपाली जनता के टुलुटुलु हेरेर बस्न सक्छाैँ ? के हामी नेपाली जनता यत्तिसम्म पनि मुर्ख छैन कि कुन सही हाे र कुन गलत हाे, दूधकाे दूध पानीकाे पानी छुट्याउन हामी सक्षम छाैँ तर, ढुङ्गाकाे मूर्तिसरह हामी माैन किन छाैँ ? अब झक्झक्याएर हाेइन थप्पड हानेर उठाउनु छ तर, कसलार्इ थप्पड हान्ने र कसलार्इ उठाउने ? याे स्वयम् अाम नेपाली जनतासँग यसकाे सही उत्तर छ तर, उत्तर दिन किन कञ्जुस्यार्इ गर्दैछाै र कहिलेसम्म ? हाेइन, अब अाँखा खाेलिसकेका छन् अाम नेपाली जनताले । त्यसैले अब ढिला नगराैँ, जागरुक भएर यसकाे जवाफ मुखमा बुझाे लाग्ने गरी दिने मात्र हाे कि थप्पड हानेर ठीक ठाउँमा ल्याएर तह लगाउने हाे ? हामी गम्भीर भएर साेचाैँ र सही ठाउँमा तीर हान्न अघि बढाैँ । थप्पड हान्ने । तर, कसले कसलार्इ हान्ने ? कसैकाे अाँट छ यहाँ ? उत्तर स्वयम् अाम नेपाली जनताले देखाउने छ भन्ने अाशा ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरू

राजनीति View All »

सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप (प्रेस विज्ञप्तीसहित)

सल्यान, श्रावण ६ । प्रदेश नं. ६ अन्तर्ग छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै......

प्रम अाेलीले डा. केसी मरेकाे हेर्न चाहेकाे हाे ? : खगेन्द्र संग्राैला

काठमाडौं, श्रावण ५ । आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको मागलाई......

डा. केसीकाे विषयलार्इ लिएर कांग्रेसद्वारा बैठक अवरुद्द

धनगढी, श्रावण ५ । प्रदेश नं. ७ काे प्रदेश सभा बैठक कांग्रेसले अवरुद्द गरेकाे......

सिँचाईमन्त्री पुन र अष्ट्रेलियाका राजदूतबिच भेटमा उर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं, साउन ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका......

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौं, साउन ४ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि......